अर्थ

सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

सुनको मूल्य तोलामा ७ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमवार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।  

यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको छ। महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ।  

सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो।  

यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ। 

प्रकाशित: ६ चैत्र २०८० ११:१८ मंगलबार

सुनको मूल्य सुन ७ सयले बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासङ्घ छापावाला सुन