अर्थ

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले कास्कीको पोखरा ३३ स्थित सरसस्वती टीका स्कूल र कैलालीको धनगढी ४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो। त्यसैगरी बैंकले ललितपुरको इमाडोल १ स्थित स्टार फुडल्यान्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्दनगर ११ स्थित देउतीबजै मन्दिर परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

कार्यक्रमहरूमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराएको थियो। अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य बैंकको छ।

प्रकाशित: ४ चैत्र २०८० ०८:०० आइतबार

मुक्तिनाथ विकास बैंक वित्तीय साक्षरता अभियान