अर्थ

थप दुई स्थानमा ग्लोबलको शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवाको सुरू गरेको छ।

बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाँउपालिका ६, हुस्लाङ र साराङघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७७ पुगेको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०८० ०८:५६ मंगलबार

ग्लोबल आइएमई बैंक शाखारहित बैंकिङ सेवा