अर्थ

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीवार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: ५ माघ २०८० ०६:०१ शुक्रबार

सुन प्रतितोला सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघ तेजाबी सुन छापावाल सुन