अर्थ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयका सह–सचिव भुपाल बराल संयोजक रहेको छनोट समितिले तीन जनालाई सिफारिस गरेकोमा कार्कीले बाजी मारेका छन्। छनोट समितिले कार्कीसहित राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनीलाई सिफारिस गरेको थियो।

कार्की किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए। कार्की नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुन्।

प्रकाशित: ३ माघ २०८० ११:५४ बुधबार

नागरिक लगानी कोष निर्देशकमा पर्वतकुमार कार्की