अर्थ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन्।

टेरामक्स प्रकरणको विवादमा मुछिएपछि खनालले राजीनामा दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणको छानबिन गरिरहेको छ।

खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए।

प्रकाशित: २४ पुस २०८० ०७:२३ मंगलबार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल