अर्थ

एनआइसी बैंक र एआई एक्सचेन्जबीच सम्झौता

एनआइसी एसिया बैंक र एआई अन्सरी एक्सचेन्जबीच रणनीतिक सम्झौता सम्पन्न भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी उक्त सम्झौता भएको हो।

सम्झौताअनुसार युएईमा बजार बिस्तार गरिरहेको सो कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरू तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने विश्वास दुबै साझेदारले लिएका छन्।

साथै साझेदारी कार्यान्वयनमा आए पश्चात् एआई अन्सरी एक्सजचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने भएको छ।

प्रकाशित: २ पुस २०८० ०१:३३ सोमबार

एनआइसी एसिया बैंक रणनीतिक सम्झौता एआई अन्सरी एक्सचेन्ज