अर्थ

‘कोक बडी’ एप सार्वजनिक

कोकाकोला बेभरेजले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थिति सुदृढ गर्न ‘कोक बडी’ एप सार्वजनिक गरेको छ। खुद्रा व्यापारीहरूले कुनै पनि समयमा जुनसुकै स्थानबाट डिस्ट्रिब्युटरमार्फत कोकाकोलाका पेय पदार्थहरू चाँडोभन्दा चाँडो र सहज अर्डर गर्ने उद्देश्यले सो एप सार्वजनिक गरिएको जनाएको छ।

नेपालभरका दुई सय ५६ वितरक र एक लाख ५६ हजार आउटलेटलाई जोड्दै नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ।

बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रूपमा जोड्न र अर्डर लिनदिन सजिलो बनाएको बताए।

 उनका अनुसार अझै पनि परम्परागत रूपमै बिक्री गर्ने, कुराकानी गरेर अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घन्टा चाँडोभन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो।

प्रकाशित: २२ मंसिर २०८० ०१:२३ शुक्रबार

‘कोक बडी’ एप सार्वजनिक बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिल