अर्थ

बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको छः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाँझिने गरी काम भइरहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्र्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। सांसद वाग्लेले वित्तीय संस्थाहरुमा शेयर खरिदबिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामलाई राष्ट्र बैंकले सुक्ष्म अध्ययन गरेर रोक्न आवश्यक रहेको बताए। उनले अन्य निकायहरु भन्दा राष्ट्र बैंक विशिष्ट अधिकार प्राप्त संस्था भएकाले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए।

उनले राष्ट्र बैंकले विगत १५ वर्ष अघिको जस्तो बैंकहरुबाट जथाभावी रुपमा हुने कर्जालाई सिमामा बाध्न खाजेको भए आम जनतालाई भन्न जरुरी रहेको बताए। उनले कोभिडको बेला पुनःकर्जा लगाएका सुविधाले मानिसहरुमा विगतको जस्तै सुविधा पाउने आशमा रहेकाले काभिडको जस्तो युगका नर्फने सन्देश दिन आवश्यक रहेको बताए। उनले घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देशमा राष्ट्र बैंकले दिन खाजेको हो? भन्दै प्रश्न गरे। सांसद वाग्लेले पछिल्लो एक वर्षमा ७ प्रतिशतले कर्जा प्रवाह कम हुनु चिन्ताको विषय भएको बताए। उनले निक्षेपमा भएको वृद्धि कर्जामा परिणत हुन आवश्यक रहेको बताए।

उनले भने,‘कर्जा र निक्षेपको रेसियो गत वर्षको मंसिरको तुलनामा ७० बाट ८० मा झ¥यो भन्नुभयो। तर निक्षेप बढी रहेको छ। कर्जा त्यही अनुपातमा बढेन। एक वर्षमा ७ प्रतिशत कर्जा प्रवाह कम हुनु भनेको राम्रो होइन। तरलता बढ्नु राम्रो भयो तर कर्जामा परिणत नहुनु चिन्ताजनक हो। अहिले बैंकहरुले घरजग्गा धितो राखेर कर्जा दिन निरुत्साहित भइरहेका छन्। जसको क्यास इनकम र जसको नगत प्रवाह छ उनीहरुले ऋण पाउन थालेका छन्। पहिलाको जस्तो जथाभावी कर्जाको युगबाट आउन खोज्दैछौं। घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देशमा राष्ट्र बैंकको बुझाई के हो। १५,२० वर्ष देखिको कर्जा विस्तारलाई सिमा भित्र बाध्न थालेको भए भन्दा हुन्छ। जनप्रतिनिधिमा जन दबाब नआओस् । कोभिडको बेलाका अर्बौंको पुनरकर्जा लगायतमा फर्कने आश जनताले गरेका छन् । अब हामी त्यो युगमा फर्कंदैनौं भन्ने सन्देश आयो भने सजिलो हुन्छ। पछिल्लो समय वित्तीय क्षेत्रमा पनि स्वार्थ बाझिएका कुराहरु आएका छन्। राष्ट्र बैंकले देखिने गरी उठाउनु प¥यो।’

प्रकाशित: २० मंसिर २०८० १२:५७ बुधबार

सांसद डा. स्वर्णिम वाग्ले