अर्थ

फुडमान्डुको ‘बडा दशैं बाइट्स’ अभियान

 फुडमान्डुले नेपालीहरूको चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ अभियान लिएर आएको छ। अभियान अन्तर्गत उपभोक्ताले दुईवटा अफर प्राप्त गर्नेछन्। पहिलो अफर अन्तर्गत ‘बडा दशैं बाइट्स’ मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत छुट पाउन सकिनेछ। दोस्रो अफर अन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’ मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट खानाको कम्बो प्याकहरूमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिनेछ।

फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनशा भट्टराईले यस अभियान मार्फत ग्राहकसँग दशैं मनाउन उत्साहित भएको बताउँदै कम्पनी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकलाई सेवा दिने प्रयासमा लागिरहेका बताए। अभियान कात्तिक २ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८० ०३:२७ मंगलबार

फुडमान्डुको ‘बडा दशैं बाइट्स’ अभियान