अर्थ

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी

सिटिजन्स बैंक र दरबारमार्गको गुरु ट्राभल्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू लिँदा १० हजारसम्मको छुट पाउनेछन्। यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर/ट्राभल्स कार्ड बनाउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १७ आश्विन २०८० ०३:३२ बुधबार

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी शुल्कमा आकर्षक छुट