अर्थ

पोखरा फाइनान्सका अध्यक्ष गुरूङद्वारा सपथ ग्रहण

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराकी निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन्।

गुरूङलाई सपथ ग्रहण गराउँदै जोशीले राष्ट्र बैंकको निर्देशिकाको पूर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिएकी थिइन्।

शपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले अध्यक्ष गुरूङ बारे संक्षिप्त जानकारी गराएका थिए।

प्रकाशित: ७ आश्विन २०८० ०३:३२ आइतबार

पोखरा फाइनान्स लिमिटेड पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ