अर्थ

प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँ तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०६:२३ सोमबार

छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ