अर्थ

प्राइम कमर्सियल बैंकको सिइओमा मानन्धर

प्राइम कमर्सियल बैंकले सञ्जीव मानन्धरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ।

बैंकको सञ्चालक समिति बैठकले बैंकको सिइओमा चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गरेको हो। नव नियुक्त सिइओ मानन्धरले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

स्थापनाकालदेखि प्राइम बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत मानन्धर यसअघि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए। उनले बैंकिङ क्षेत्रमा २३ वर्ष बढीको अनुभव सँगालेका छन्।

प्रकाशित: ११ भाद्र २०८० ०१:५८ सोमबार

प्राइम कमर्सियल बैंक सञ्जीव मानन्धरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त