अर्थ

ग्लोबल आइएमई बैंकले ल्यायो साउन स्पेसल अफर

ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ।

बैंकले सार्वजनिक गरेको उक्त योजना अन्तर्गत महिला ग्राहकले निःशुल्क बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। उक्त योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागु हुने बैंकले जनाएको छ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याई ग्राहकलाई लाभान्वित गर्दै आएको बताएको छ।

प्रकाशित: १७ श्रावण २०८० ०२:४३ बुधबार

ग्लोबल आइएमई बैंक साउन स्पेसल अफर निःशुल्क क्रेडिट कार्ड उपलब्ध