अर्थ

एभरेष्ट बैंकको १२७ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले जनकपुरको मुरलीचोकमा १२७ औं शाखा उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन जनकपुर उपमहानगरपालिका वडा ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका छन्।

उद्घाटन समारोहमा अध्यक्ष झाले बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए।

प्रकाशित: १४ श्रावण २०८० ०४:२७ आइतबार

एभरेष्ट बैंकको १२७ औं शाखा उद्घाटन सर्वसाधारणको वित्तीय पहुँच