अर्थ

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।

गोष्ठीमा बोल्दै मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले दिगो विकासको लक्ष्य पूरा गर्न व्यापार तथा विकासमा लैंगिक समानता र सामाजिक समावेशिताको महत्व रहने बताए। कार्यक्रममा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायामाझी खत्रीले महिला उद्यमीहरूको क्षमता वृद्धिमा जोड दिनुपर्ने बताइन्।

कार्यक्रममा गोष्ठीकी सहजकर्ता डा. मोना श्रेष्ठ अधिकारीले लैंगिक समानता र सामाजिक समावेशितामा रहेका चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। गोष्ठीका सहभागीले सामूहिक छलफल गरी कृषि, सेवा तथा उत्पादनमुखी क्षेत्रमा महिलाको सहभागिताका लागि विभिन्न सुझाव दिएका छन्।

सहभागीले पारिवारिक सहयोग, प्राविधिक तथा डिजिटल साक्षरता, आपसी समन्वय तथा सञ्चारको महत्वमा जोड दिएका छन्। गोष्ठीमा विज्ञ, उद्यमी तथा व्यवसायी, व्यावसायिक संस्थाका प्रतिनिधि, प्राज्ञ तथा अन्य साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित: १० श्रावण २०८० ०२:०७ बुधबार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियन लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीति