अर्थ

पहिलो आवासीय घर कर्जाको सीमा दुई करोड

नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा ५० लाख बढाएको उल्लेख छ।

यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रहेकोमा त्यसलाई वृद्धि गरी दुई करोड पुर्‍याइएको हो।  

प्रकाशित: ७ श्रावण २०८० ०८:४८ आइतबार

नेपाल राष्ट्र बैंक मौद्रिक नीति