अर्थ

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

फाइल तस्बिर।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ।

विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ।

अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर एकिन हुन सकेको छैन। अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने एकिन भइनसकेको प्रहरी स्रोतले जनाएको छ।

राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार बुधबार साँझ सुन बरामद गरिएको हो। यस बिषयमा अनुसन्धान भइरहेको राजस्व विभागले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८० १६:०९ बुधबार

सुन बरामद ठूलो परिमाणमा सुन बरामद