अर्थ

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका पाँच विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ। विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्‍याउन बैंकले दुई लाख पचास हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको हो।

बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालबाट एसइई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न ईच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटी अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको बताएको छ।

बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गरेका छन्।

प्रकाशित: २१ असार २०८० ०५:५९ बिहीबार

महालक्ष्मी विकास बैंक छात्रावृत्ति प्रदान