आन्तरिक हवाइ भाडादर घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको हो।
भोलीदेखि लागु हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ।
काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ। प्राधिकरणको नयाँ सूची अनुसार काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ।
नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो। १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
प्रकाशित: १९ असार २०८० १०:२८ मंगलबार