अर्थ

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात

ज्योति विकास बैंकले डेबिट कार्डबिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ। यस सुविधाअन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले यस विकास बैंकले आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ।

बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्ट तथा कम्पनीको वेब ब्राउजर मार्फत यस सेवाको प्रयोग गर्न सकिनेछ। बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले देशभर रहेका ७५ वटै एटिएमबाट यस सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०१:४५ आइतबार

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात आधुनिक बैंकिङ सेवा विस्तार