अर्थ

हिजो घटेको सुनको मुल्य आज फेरि बढ्यो

आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनको मुल्य प्रतितोला ८ सय रूपैयाँले बढेको हो।  

बिहीबार यहि सुन प्रतितोला एक हजार रुपैयाँ घटेको थियो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।  

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: २६ जेष्ठ २०८० ०५:४३ शुक्रबार