अर्थ

आज सुनको मूल्य अहिले सम्मकै उच्च

नेपाली बजारमा आज सुनको मुल्यले  हालसम्मकै उच्च कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य हालसम्मकै उच्च  एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। 

प्रकाशित: १८ जेष्ठ २०८० ०६:५९ बिहीबार