अर्थ

पर्यटन प्रवर्द्धन गर्न नेपाल घुमौं नेपाल चिनौं अभियान

सरकारले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न नेपाल घुमौं नेपाल चिनौं अभियान ल्याएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न नेपाल घुमौं नेपाल चिनौं अभियान राखेको उल्लेख गरेका हुन्। 

त्यस्तै सरकारले किराँती सास्कृतिक ट्रेकको विकास गर्ने भएको छ भने  २५ वटा सांस्कृतिक सम्पदाको पूर्ननिर्माण गर्ने भएको छ। 

प्रकाशित: १५ जेष्ठ २०८० ११:५८ सोमबार

आन्तरिक पर्यटक अर्थमन्त्री डा प्रकाशशरण महत