अर्थ

बढ्यो सुनको मुल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ।  

महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।  

तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: १३ वैशाख २०८० ०५:३५ बुधबार

सुनचाँदी व्यवसायी महासंघ सुन