अर्थ

‘होण्डा चुज योर स्किम’ उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाख रूपैयाँसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै ८ हजार रूपैयाँसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ वा १० हजार रूपैयाँसम्मको अतिरिक्त स्क्रयाच कुपन वा १२ हजार ५ सय रूपैयाँसम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक्ट (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिनेभएको छ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरूमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: १० वैशाख २०८० ०२:३० आइतबार

‘होण्डा चुज योर स्किम’ उपहार योजना एनिवल मेन्टिनेन्स् कन्ट्र्याक्ट (एएमसी)