अर्थ

सामसुङ नेपालद्वारा नयाँवर्ष अफर योजना सार्वजनिक

सामसुङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा कम्पनीका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ। कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टिभीदेखि होम अपलायन्सहरू समेतमा छुट योजना घोषणा गरेको हो।

उक्त योजनामा सामसुङले आफ्ना ग्राहकलाई ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यास ब्याक दिएको बताएको छ।

कम्पनीले क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गरेको छ। साथै डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरूमा पनि २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टीलगायतका छुट दिइएको जनाएको छ ।

प्रकाशित: २३ चैत्र २०७९ ०३:२६ बिहीबार

कम्पनीका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू क्रिस्टल फोर के अल्ट्रा एचडी टिभी