नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन्। सो समूहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्यसहित प्यानलले नै उम्मेदवारी घोषणा गरेको छ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्न उम्मेदवारी दिएको बताए। ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ,’ उनले भने, ‘व्यवसायीका पक्षमा काम गर्न उम्मेदवारी दिने निर्णय गरेको हु।’ नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको समेत उनले बताए।
प्रकाशित: २१ चैत्र २०७९ ०८:३८ मंगलबार