अर्थ

राजेन्द्र राउत उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन्। झापाको विर्तामोडमा बिहीबार सम्पन्न महासंघको ५ औं प्रदेशसभाले राउतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणि पोखरेल चयन भए। कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन्।

त्यस्तै कार्य समितिको सदस्यमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिम्सिना चयन भए। वस्तुगत संघबाट राजन श्रेष्ठ र दीपक पाण्डे सदस्य चयन भएका छन्। एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले बताए।

निर्वाचन समितिले उम्मेद्वारको नामावलीमा कसैको दाबी विरोध नपरेपछि सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। अध्यक्षमा निर्वाचित राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन्।  

प्रकाशित: १० चैत्र २०७९ ०४:२४ शुक्रबार