अर्थ

साइमेक्स इंक र प्रभु बैंकबीच सम्झौता

बिवाइडी अटो इन्डष्ट्रिजले नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात् ग्राहकले बिवाइडी ब्राण्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको छ। विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न बैंकले आफ्नो देशव्यापी शाखाबाट सहज रूपमा सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ।

साइमेक्स इंकका प्रमुख वित्त अधिकारी मेमन धौगाडाले विश्वभर दिगो र किफायती यातायातका साधनहरू प्रदान गर्न र बैंकसँगको साझेदारीले कम्पनीलाई विद्युतीय साधन उपभोक्ताहरूसम्म पुर्‍याउन मदत गर्ने बताएका छन्। प्रभु बैंकका बैंकिङ प्रमुख वीरेन्द्र भट्टले बैंकले दिगो विकासलाई समर्थन गर्ने र यस साझेदारीले विद्युतीय साधनमा स्विच गर्न चाहने ग्राहकको आवश्यकता पूरा गर्न सक्षम बनाउने बताएका छन्।

प्रकाशित: १० चैत्र २०७९ ०१:१९ शुक्रबार

बिवाइडी अटो इन्डष्ट्रिज साइमेक्स इंकले विद्युतीय सवारी