अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात् बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारस्थित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकले उक्त केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यस सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७९ ०१:२० बिहीबार

महालक्ष्मी विकास बैंक डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्य