अर्थ

बुटवलमा पहिलो पटक ‘गल्स अन ह्वील्स’ प्रतियोगीता

राउन्ड टेवल नेपालको आयोजनामा पहिलो पटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगीता आयोजना हुने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा यहि चौत ४ गते आयोजना  हुने प्रतियोगीतमा ६० वटा स्कुटरमा १२० जना महिलाहरुको सहभागीता हुने  छ।  कार्यक्रमबाट महिला शशक्तिकरणको गतिलो नतिजा प्रर्दशन गरिने केन्द्रीय अध्यक्ष राहुल अग्रवाले बताएका छन्।  

महिला सशक्तीकरणको  योगदान दिने उदेश्यका साथ यो प्रतियोगीता आयोजना गर्न लागिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए। कार्यक्रम संयोजक सुमित वझाका अनुसार यो कार्यक्रम ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना हुने छ। प्रतियोगीताहरु बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अत्मीम विन्दुमा पुग्ने उत्कृष्ठ ३ सहित सान्तवना स्थान प्राप्त गर्ने   प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिने छ। प्रतियोगीतामा सहभागी सबैलाई टिकट बापतको गिफ्ट ह्याम्पर पुरस्कारको व्यवस्था गरिएको छ।  

प्रतियोगीतमा मुख्य प्रयोजकको रुपमा प्याडलिक्स प्याडले सहयोग गरेको छ भने ध्वनी सप र डेल्टा टायरले समेत सहयोग गरेको  छ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०४:०५ मंगलबार