अर्थ

बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाहीको माग

बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न बैंक तथा वित्तीय संस्था परिषंघ नेपालले माग गरेको छ।

संघले बैंकका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको जनाएको छ। बैंकको सावाँ, व्याज नतिर्ने धम्की दिनु, बैंकिङ सेवामा उच्छृङ्खल, अव्यवहारिक र अराजक गतिविधि गर्ने कार्य निन्दनीय भएको परिसंघले जनाएको छ। कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरू रोक्नका लागि कडा निर्देशन जारी गर्न अनुरोध गरेको छ।

परिसंघले अतिविकसित देशदेखि विकासोन्मूख अधिकांश देशहरूले तरलता, ब्याजदर र मुद्रास्फीति जस्ता चुनौती भोगिरहेको जनाएको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयले ब्याजदर निर्धारण हुने परिसंघले स्पष्ट पारेको छ।

वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै निशानामा पार्नु दुखद् भएको परिसंघको ठहर छ। अर्थतन्त्रको रक्त सञ्चारको रूपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सिर्जना गर्न माग गरेको छ।

प्रकाशित: २४ फाल्गुन २०७९ ०४:०६ बुधबार

बैंक तथा वित्तीय संस्था अराजक गतिविधि गर्नेलाई कारबाही