संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ। कम्पनीले शुक्रबार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याडमा ट्रेड पार्टनर मिट कार्यक्रम गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा जानकारी दिए। ‘संसार भरी अंगुरबाट बनेको अल्कोहोविक बेभरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ। क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ,’ उनले भने। क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यात योग्य भएको कार्कीको दाबी छ। कम्पनीले नेपालको मदिरा उद्योगमध्ये ३० प्रतिशत हिस्सा ओगट्ने दाबी गरेको छ।
कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले कम्पनीले निकट भविष्यमा नै स्वदेशी वाइनलाई विदेश निर्यात गर्नेतर्फ अग्रसर भइरहेको बताए।सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेवरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम हिस्सा ओगटेको छ। कम्पनीको फ्याक्ट्री काभ्रेपलाञ्चोक जिल्लाको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रूपमा १ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहेका छन्। कम्पनीले ४३ करोड रूपैयाँको लगानीमा गरेको छ। वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढीरहेको दाबी गरे। कम्पनीले नेपाल भर ७५ वटा वितरक सञ्जाल बनाइसकेको छ। थप वितरकहरू बढाउने क्रममा छ। कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ। मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पाले सरकारीले बर्सेनि मदिराजन्य पदार्थमा उच्च कर लगाएकाले मदिरा व्यवसाय संकटमा पर्दै आइरहेको बताए। ‘सरकारले बर्सेनि मदिराजन्य पदार्थमा कर वृद्धिले व्यवसाय नै संकटमा पर्ने अवस्थामा आइरहेको छ,’ उनले भने ।
प्रकाशित: २९ माघ २०७९ ००:५६ आइतबार