अर्थ

नेको इन्सुरेन्सको वार्षिक साधारणसभा सम्पन्न

नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो। उक्त साधारणसभाले आव २०७८/०७९ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरूलाई १५ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ।

सभाले आव २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रकाशित: १७ माघ २०७९ ०१:५१ मंगलबार

लेखापरीक्षक नियुक्ति अनुमोदन २७ औं वार्षिक साधारणसभा सम्पन्न