सरकारले सहुलियतपूर्ण कर्जाको व्याज अनुदानलाई करिब १० अर्ब निकासा गरेको छ।
सहुलियतपूर्ण कर्जाको व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा व्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ ।’
प्रकाशित: ४ आश्विन २०८२ १६:११ शनिबार