प्रवास

एनआरएनए महाधिवेशन : हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित भएका छन्। सोमबार सम्पन्न एनआरएनए हंगेरीको दोस्रो अधिवेशनले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षको जिम्मेवारी सुम्पेको हो।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष डा. राम रोक्का, उपाध्यक्ष अशोक लकान्द्री, महासचिव संजय कार्की, सचिव राजनप्रसाद तिमिल्सिना, कोषाध्यक्ष लिलाधर भण्डारी (बिनोद) र सह–कोषाध्यक्ष जीवन कामी रहेका छन्। 

महिला संयोजकमा सुनिता बस्नेत रोक्का र युवा संयोजकमा बिनोद बाबु कडायत चयन भएका छन्। यस्तै, सदस्यहरूमा हिरा दमाई, वीरेन्द्र थापा, बाल मुकुन्द भण्डारी, बकाश बज्राचार्य र सनम शेर्पा (विद्यार्थी प्रतिनिधि) चयन भएका छन्।

प्रकाशित: ३१ असार २०८२ १२:५९ मंगलबार

#NagarikNews