प्रवास

‘तिहारको हार्दिक शुभकामना’ भन्दै न्युयोर्कका मेयरले दिए विशेष शुभकामना

फाइल तस्बिर

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान क्वामे ममदानीले नेपाली समुदायलाई तिहारको शुभकामना दिएका छन्।

आइतबार उनले सामाजिक सञ्जाल एक्समार्फत नेपाली भाषामै ‘तिहारको हार्दिक शुभकामना !’ भन्दै शुभकामना सन्देश दिएका हुन्।

मेयर ममदानीले लक्ष्मीपूजाका लागि हजारौं नेपाली न्युयोर्कवासीले दियो बाल्ने र भाइटिकामार्फत दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध मनाउने प्रसंग उल्लेख गरेका छन्।

उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘लक्ष्मीपूजाका लागि हजारौं नेपाली न्युयोर्कवासीले दियो बाल्दै गर्दा र भाइटिकामार्फत दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध मनाउँदै गर्दा यो तिहारले तपाईंहरूको जीवनमा समृद्धि, शान्ति र अपनत्वको भावना ल्याओस्।’

यसैबिच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि शनिबार सिड्नीमा नेपाली समुदायसँग तिहार मनाएका थिए। नेपाल फेस्टिभल २०२६ मा उनी नेपाली ढाका टोपी लगाएर सहभागी भएका थिए। उनले नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘सिड्नीमा हाम्रो नेपाली समुदायसँग तिहार मनाउन पाउँदा निकै खुसी लागेको छ। विविधता नै हाम्रो शक्ति हो र नेपाली समुदाय अस्ट्रेलियाको समाजको महत्त्वपूर्ण हिस्सा हो।’

प्रकाशित: २२ कार्तिक २०८३ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App