दुर्घटनापछि उनको शव इन्छन पुछन स्थित क्याथोलिक हस्पिटमा राखिएको छ। अस्पतालमा उनको शव हेर्दा अनुहारमा गम्भीर चोट लागेको देखिन्छ। अस्पतालमा पुगेका श्रम सहचारी देवराज ढकालले मृतक गुरुङको विषयमा प्रहरीसँग जानकारी लिएका थिए। अस्पतालमा एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री ,नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाह ,जनसम्पर्क समिति कोरियाका अध्यक्ष गिरिराज कुँवर लगायतका संघ संस्थाका प्रतिनिधिहरू पुगेका थिए। उनको शव हेरेपछि कतिपयले घटना रहस्यमय भएको समेत बताएका छन्। घटनामा सँगै रहेका साथीहरूले गाडी ब्याक गर्दा भित्तामा च्यापिएर उनको मृत्यु भएको बताए पनि ब्याक गर्दा गाडीको गति कम हुने र ठक्कर दिई हाले पनि अनुहारमा नै चोट कसरी लाग्यो भन्ने प्रश्न गरेका छन्।
उनीसँगै अर्का नेपाली राजु गुरुङ पनि घाइते भएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ। सँगैका साथीको खुट्टामा चोट लागेको बताइएकाले उनीहरूले घटनामा शंका व्यक्त गरेका हुन्। यद्यपि सोलस्थित नेपाली दुतावासले घटनाको सिसिटिभी फुटेज दिन कोरियाली प्रहरीलाई अपिल गरेको छ। संघ संस्थाका प्रतिनिधिहरूले घटनाको सत्य तथ्य जानकारी सार्वाजनिक गर्न नेपाली दूतावासलाई अपिल गरेका छन्। कोरियाली प्रहरीले घटनाको अनुसन्धान भइरहेको र सत्य तथ्य दूतावासलाई जानकारी दिने बताएको छ।
५२ वर्षिय गुरुङको नाम पासपोर्टमा अर्कै रहेपछि नेपाली दुतावासले आवश्यक प्रक्रिया पुर्याएर परिवारको अनुमतिमा नेपालमा पठाउने वा यहीँ दाहसंस्कार गर्ने टुंगो लगाउने श्रम सहाचारी ढकालले नागरिकन्युजलाई बताए। गुरूङ सन् १९९१ मा पहिलो पटक कोरिया प्रवेश गरेका थिए।
लोटस ल्याल्टिन फेस्टिभल नरोकिने
प्रत्येक वर्ष मई ७ मा मनाईने लोटस ल्याल्टिन फेस्टिभलमा नेपालको सहभागिता गुरुङको निधनको कारण नरोकिने आयोजकले बताएका छन्। कोरियाका बौद्ध धर्मालम्वीहरूले मे ७ मा मनाउने यो फेस्टिभलमा नेपालको तर्फबाट नेपाल बौद् परिवार कोरियाको संयोजनमा नेपालीहरू सहभागी हुँदै आएका छन्। परिवारका अध्यक्ष समेत रहेका गुरुङको निधनले अन्यौल बढाएपछि बौद्ध परिवारले कार्यक्रम नरोकिने भन्दै सबै कोरियाबासी नेपालाहरूलाई सहभागिताको लागि आग्रह गरेको छ।
प्रकाशित: २४ वैशाख २०७३ ०४:१६ शुक्रबार


