प्रवास

वृद्धवृद्धालाई भोजन खुवाएर सहयोग

काठमाडौं- अमेरिकाको पेन्सलभेनियामा बस्ने दीप सिलवालले वृद्धाश्राममा बस्ने वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन्।  उनले भैरहवाको ओम सत्यसाइ बाबा आश्रम र हेटौंडाको ओम वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन खुवाएर सहयोग गरेको पत्‍नी अन्नपूर्ण सिलवालले बताइन्।

उनका अनुसार भैरहवाका २१ र हेटौंडँका ३५ वृद्धवृद्धालाई भोजन गराएका थिए।

यसअघि पनि उनले नियमितरुपमा पशुपति र अन्य ठाउँका असहाय र सडक बालबालिकालाई खानपिन र अन्य सहयोग गर्दै आएका छन्।

प्रकाशित: १३ वैशाख २०७१ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App