नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजन सम्पन्न भएसँगै चर्चित होस्ट यशा सागर स्वदेश फर्कने भएकी छन्।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो। तेस्रो सिजनको एनपीएल सकिएसँगै होस्ट यशा स्वदेश फर्किन लागेकी हुन्।
आइतबार सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उनले एनपीएलका यादहरू सधैँ रहिरहने बताइन्।
‘समय बित्दै जान्छ तर एनपीएलका यादहरू सधैँ रहनेछ। धन्यवाद नेपाल, एनपीएलको ऐतिहासिक र सफल तेस्रो सिजनका लागि धेरै–धेरै बधाई, धेरै माया’, उनले लेखेकी छिन्।
उनी यो सिजनको सुरुवातदेखि नै एनपीएल होस्ट गर्दै आएकी थिइन्। शनिबारको फाइनल म्याचमा येसा नेपालको पारम्परिक पहिरनमा देखिएकी थिइन्।
भारतीय मूलकी क्यानेडियन मोडल यशा अभिनेत्री तथा टेलिभिजन प्रस्तोता पनि हुन्।
प्रकाशित: ६ मंसिर २०८३ १३:४५ आइतबार