नारी स्रष्टा समाज विराटनगरले पाँच स्रष्टालाई पुरस्कार अर्पिने भएकाे छ। समाजले नारी स्रष्टा दिवस २०८२ को अवसरमा मंसिर १ गते उक्त पुरस्कार अर्पिने घाेषणा गरेकाे छ।
समाजले साहित्यकार विश्वविमोहन श्रेष्ठलाई मोहन लता स्रष्टा सम्मान २०८२, साहित्यकार प्रमोद प्रधानलाई कविराज कौशिला पोखरेल स्रष्टा सम्मान २०८२ र साहित्यकार शंकर खरेललाई भीमलाल यशाेदा लम्साल स्रष्टा सम्मान २०८२ अर्पिने निर्णय भएकाे छ।
त्यस्तै पारस काफ्ले स्रष्टा सम्मान २०८२ बाट साहित्यकार राजेन्द्र शलभ र कालीगंगा बालस्रष्टा सम्मान २०८२ बाट मोक्षदा दाहाललाई अर्पिने निर्णय गरेकाे समाजका अध्यक्ष ममता मृदुलले बताइन्।
प्रकाशित: १८ भाद्र २०८२ ११:३४ बुधबार