कला/साहित्य

महिला हिंसा-मौनको चीत्कार

कविता

नबोलीनबोली

ती मौन आवाजहरूमा

कति पीडा लुकाएकी छन्,

नदेखिएका आँसुहरूमा

कति वर्षा रुझेकी छन्।

घरको ढोकाभित्रै धेरैजसो

चर्किन्छन् चिच्याहटका घाउहरू,

नाम चलेका हाँसोहरूमा

लुकेका हुन्छन् तनावहरू।

कहिले दाइजोको नाउँमा,

कहिले संस्कारको छायामा,

कहिले बाटोभरि

बिझाउने काँडेदार नजर,

कहिले आफ्नै मान्छेको व्यवहारमा।

अन्जना पाैडेल

महिला उही हो

जसले आँधी जस्तो दुख सहन्छे

फेरि उठ्छे,

फेरि उभिन्छे

आफ्नै साहसको उज्यालो लिएर

अँध्यारोलाई चुनौती दिन्छे।

शास्त्रले द्रौपदी, सीता

चित्रण गरेको छ

गार्गी, योगमाया,

इतिहासले धेरैजना चिनाएको छ

वर्तमानले

तसलिमा नसरिन,

सुसिला कार्की बिउँझाएको छ

जब महिला उठ्छे, बोल्छे,

अन्यायका पर्खालहरू

टुक्रिन थाल्छन्,

अन्धकार आफैँ हट्न थाल्छ।

प्रकाशित: २० मंसिर २०८२ ०९:५३ शनिबार