कला/साहित्य

पोस्टर टाँसेको माडको समेत पैसा उठाउन नसक्नेको कुरै ठुलो : निर्माता अधिकारी

सोमबार चलचित्र विकास बोर्डको बक्स अफिस विवरण सार्वजनिक गरियो। यस अन्तर्गत प्रदर्शनरत नेपाली चलचित्रहरूको कलेक्सन पनि सार्वजनिक भयो।

बजारमा अन्य चलचित्रको व्यापारभन्दा बढी दसैँमा प्रदर्शनमा आएका चलचित्रको कुरा चलिरहँदा ‘छ माया छपक्कै २’ का निर्माताको एक प्रतिक्रियाले विवादको संकेत दिएको छ।

निर्माता रोहित अधिकारीले पोस्टर टाँसेको माडको समेत पैसा उठाउन नसक्ने फिल्म बनाएकाे भन्दै टिप्पणी गरे।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अचम्म लाग्छ पोस्टर टाँसेको माडको समेत पैसा उठाउन नसक्ने फिल्म बनाउनेहरूको कुरै ठुलो के फेरी।’ उनले कुनै चलचित्रको नाम भने उल्लेख गरेका छैनन्।

आफ्नो चलचित्रको कलेक्सनलाई दाबी गर्दै उनले थपे, ‘छ माया छपक्कै २ को तीन करोड आज पुग्छ व्यापार। धेरै अरूले टाउको नदुखाएकै राम्रो।’

प्रकाशित: १० कार्तिक २०८३ १४:२९ मंगलबार