कला/साहित्य

सामाजिक सञ्जालमा किन आलोचना हुँदैछ नायिका रेखा थापाको?

अभिनेत्री रेखा थापा विवादमा परेकी छिन्। उनले दिएको एउटा अभिव्यक्तिलाई लिएर यो बेला सामाजिक सञ्जालमा चर्चा र आलोचना दुवै पाइरहेको छ।

चुनावको मुखैमा नयाँ दल र पुराना दललाई रोगसँग तुलना गर्दै उनले दिएको अभिव्यक्ति विवादमा परेको हो। उनले भनेकी थिइन्, ‘नयाँ रोग ल्याउनु भन्दा वा नयाँ रोगलाई शरीरमा भित्र्याउनु भन्दा त रोगलाई ठिक पार्न ठिक हुन्छ। नयाँ रोग त कस्तो हुन्छ के थाहा?’ 

यहीँ अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को आलोचना भई रहेको हो। उनको उक्त तर्कले सामाजिक सञ्जालमा आलोचनाको सिकार भएकी छिन्। २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारसमेत रहेकी उनी सोभन्दा अघिदेखि नै सक्रिय राजनीतिमा पनि छन्।  

प्रकाशित: ७ फाल्गुन २०८२ १५:३२ बिहीबार