बलिउड अभिनेता विक्की कौशल विवादमा परेका छन्। चर्चाको कारण सामाजिक सञ्जालमा भाइरल एक विवाहको समारोहको भिडियो रहेको छ।
भिडियोमा उनले स्टेजमा दर्शकसँग कुराकानी गर्दै आफ्नो चर्चित ‘हाउ इज द जोश?’ शैलीमा दर्शकसँग संवाद गरेका थिए। त्यसपछि कौशलले विवाहपछि पुरुषहरूको जोश विस्तारै घट्दै जाने कुरा मजाकका रूपमा भनेका थिए, जसलाई धेरैले पुरानो सोचको रूपमा आक्न थालेका छन्।
यो भिडियो भाइरल भएपछि मिश्रित प्रतिक्रिया पाइरहेको छ। केही प्रयोगकर्ताहरूले यस्तो मजाकलाई ‘२०१६ मै छोडिनुपर्ने’ बताएका छन् भने कसैले सार्वजनिक रूपमा विवाहको मजाक बनाउनु पत्नीप्रति अप्रत्यक्ष अपमान हुने टिप्पणी गरेका छन्।
केहीले भने यसलाई ‘क्रिन्ज’ भन्दै टिप्पणी गरेका छन्। कसैले भने उनी जस्तो कलाकारबाट यस्तो अपेक्षा नगरिएको बताएका छन्।
विक्की कौशलले अभिनेत्री कैटरिना कैफसँग डिसेम्बर २०२१ मा विवाह गरेका थिए। हालै उनीहरूले नोभेम्बर २०२५ मा आफ्नो छोरा विहानलाई स्वागत गरेका थिए।
प्रकाशित: ४ चैत्र २०८२ १४:०७ बुधबार