कला/साहित्य

कन्सर्टमै भावुक बने लकी अली, भने: जबजब म यात्रा गर्छु, मेरो कफन साथमा लिएर हिँड्छु

भारतीय गायक लकी अली हालै एक लाइभ कन्सर्टका क्रममा मृत्युका विषयमा कुरा गर्दै भावुक भएका छन्। ६७ वर्षीय लकी आफ्नो बढ्दो उमेर र आफू मृत्युप्रति तयार रहने यात्राका क्रममा आफ्नो कफनको कपडा साथमै राख्ने गरेको बताएका छन्।

दर्शकहरूसँग कुराकानीका क्रममा लकीले भावुक हुँदै भने, 'मलाई थाहा छ, म पनि तपाईंहरू सबैलाई माया गर्छु। एक दिन हामी सबैले यो संसार छोडेर जानुपर्छ। म तपाईंहरूलाई त्यसका लागि तयार गरिरहेको होइन, तर म आफैं तयार छु। जबजब म यात्रा गर्छु, म आफ्नो इहराम साथमा लिएर हिँड्छु, जुन मेरो कफन हो। म जहाँ मर्छु, मलाई त्यहीँबाट जान दिनु।’

लकीले आफ्नो सामाजिक सञ्जालबाट कन्सर्टको उक्त भिडियो सार्वजनिक गरेका छन्। उनको भिडियोमा प्रशंसकहरूले उनीप्रति माया र चिन्ता व्यक्त गरेका छन्।

लकी अली आफ्नो फरक शैलीको आवाज र चर्चित गीतहरूका लागि परिचित छन्। उनी गायन सँगै अभिनयमा पनि आफ्नो सफल पहिचान बनाएका कलाकार हुन\।

प्रकाशित: २६ श्रावण २०८३ १२:१९ मंगलबार