कला/साहित्य

किन आलोचनाको सिकार बने निर्देशन इम्तियाज अलि?

बलिउड निर्देशक,निर्माता र लेखक इम्तियाज अली ले एक पोडकास्टमा बुर्का र पर्दा प्रथाबारे आफ्नो धारणा व्यक्त गर्दै भने कि महिलाहरूले “म बुर्का वा पर्दामा सहज छु” भन्नु आफूलाई पछाडि परेको समाजको संकेत जस्तो लाग्छ। उनका अनुसार कहिलेकाहीँ सामाजिक संरचनाले मानिसलाई केही अभ्यासहरूलाई सामान्य ठान्न बाध्य बनाउँछ, जसलाई उनीहरूले स्वतन्त्र रूपमा रोजेका नहुन पनि सक्छन्।

हालै ‘अनफिल्टर विद समदीश’ को अन्तर्वार्तामका उनले आफू कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्ने र आजकाल समाजमा बढ्दो अतिवाद सोच प्रति चिन्तित रहेको बताएका छन्।

यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भयो।

समर्थन गर्नेहरू भन्छन् कि इम्तियाज अलीले महिलाको स्वतन्त्रता र पितृसत्तात्मक सामाजिक संरचनामाथि प्रश्न उठाएका हुन्।

भने अर्को तर्फ आलोचना गर्नेहरू को तर्क छ ‘बुर्का वा पर्दा धेरै महिलाहरूको व्यक्तिगत, धार्मिक वा सांस्कृतिक छनोट पनि हुन सक्छ’, त्यसैले यसलाई सिधै “पछाडि परेको सोच” सँग जोड्नु उचित होइन।

यो विवाद मुख्यतः दुई दृष्टिकोणबीच केन्द्रित रहेको छ। ‘व्यक्तिगत स्वतन्त्रता’

यदि कुनै महिलाले आफ्नै इच्छाले बुर्का वा पर्दा लगाउँछिन् भने, उनको निर्णयको सम्मान हुनुपर्छ।

दोस्रो भने ‘सामाजिक प्रभाव वा दबाब’–केही मानिसहरूका अनुसार लामो समयदेखि चलिआएको सामाजिक वा सांस्कृतिक परम्पराले व्यक्तिको छनोटलाई प्रभाव पार्न सक्छ, त्यसैले “म यसमा सहज छु” भन्नु मात्र पूर्ण स्वतन्त्र निर्णयको प्रमाण नहुन सक्छ।

उनको फिल्म मैं वापस आऊंगा हाल सिनेमाघरमा प्रदर्शनरत छ।

प्रकाशित: ६ असार २०८३ १८:५४ शनिबार