कला/साहित्य

को बन्ला वसन्तको ‘पाँच पाण्डव’को नकुल ?

नेपाली फिल्म पाँच पाण्डव छायांकनका क्रममा छ । यो फिल्ममा हिन्दू महाकाव्य महाभारतका पात्रलाई उतार्न खोजिएको छ । 

जसमा हरिवंश आचार्य, जितु नेपाल, सीताराम कट्टेल अनुबन्धित छन् । पाँच पाण्डवका रुपमा युधिष्ठिरको भूमिकामा हरिवंशलाई देखाउने संकेत गरिएको छ । त्यस्तै जितु नेपाल भीम बन्ने सक्ने छन् भने अर्जुनको भूमिकामा सीताराम कट्टेललाई देखाउन खोजिएको छ । नकुल को बन्ने भन्ने अझै अन्यौल छ सहदेवको भूमिकामा भने सागर लम्साललाई अनुबन्धित गरिएको छ ।  

त्यस्तै फिल्ममा दीपाश्री निरौला र रजनी गुरुङ शीर्ष भूमिकामा रहेका छन् ।  

फिल्म निर्देशक वसन्त निरौला सामाजिक कथावस्तुमा फिल्म बन्ने बताउँछन् । दर्शकले शीर्षकअनुसार फिल्म धार्मिकको अपेक्षा गरेको भए पनि कथा फरक रहेको उनले बताए । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मका निर्माता कालीरानी श्रेष्ठ हुन् ।

निर्देशक निरौलाले ‘ज्वाइँ साब’ मेला, समर्पण, आवेग, राजनीति, विजयपथलगायतका फिल्मको निर्देशन गरेका छ्न । 

प्रकाशित: ८ मंसिर २०८२ १७:०२ सोमबार